Rule 9
पेट्रोलियम सम्झौता गर्ने सूचना
: (१) नियम ८ बमोजिम नेपाल सरकारबाट स्वीकृत भएको बोलपत्रदातालाई विभागले पेट्रोलियम सम्झौता गर्नको लागि मिति, समय र स्थान तोकी सूचना दिनेछ ।
(२) उपनियम (१) बमोजिम पठाइएको सूचनामा उल्लिखित समयमा सफल बोलपत्रदाताले मुनासिब माफिकको कारण बिना पेट्रोलियम सम्झौता गर्न नआएमा नेपाल सरकारले वैकल्पिक व्यवस्था गर्न सक्नेछ ।